Kathmandu Press

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

शुद्धोधन गाउँपालिका-६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

कपिलवस्तु, माघ ७ : कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शुद्धोधन गाउँपालिका-६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो ।

लु४त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्