गुण्डागर्दीमा संलग्न ‘राते’ भनिने सुजन श्रेष्ठ पक्राउ
काठमाडौं, पुस १८ : विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भनिने सुजन श्रेष्ठ पक्राउ परेका छन्।
....
काठमाडौं, पुस १८ : विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भनिने सुजन श्रेष्ठ पक्राउ परेका छन्।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुण्डागर्दीमा सक्रिय थिए।
पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। त्यो बेला श्रेष्ठ र सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौं महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ। गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन्।
पीडितको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनलाई राति पक्राउ गरी थप कारवाहीका लागि शुक्रबारै महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिए।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

