सभापति देउवाले पार्टी समाप्त पार्न लाग्नुभयो : नेतृ कोइराला
बुटवल, पुस १८ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले फेरि पार्टी सभापति बन्न सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगा....
बुटवल, पुस १८ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले फेरि पार्टी सभापति बन्न सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छिन्।
प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन्। ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन,’ नेतृ कोइरालाले भनिन्,‘पार्टीको विवाद नमिले आउने चुनावमा कांग्रेस शून्यमा झर्छ।’
उनले आन्तरिक कलह समाप्त नभए पार्टी पनि समाप्त हुने बताइन्। नेतृ कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने बताइन्।






