Kathmandu Press

वीरेन्द्रनगरमा युवक मृत फेला

घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए।
वीरेन्द्रनगरमा युवक मृत फेला
Hardik ivf

सुर्खेत, माघ ७ : वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्। वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।

घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक  सुरज कार्कीले बताए।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएका उहाँको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, माघ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्