Kathmandu Press

उपसचिव ढुंंगानाविरुद्ध साढे ४ करोड रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, पुस १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

अख्तियारले शुक्रबार उपसचिव ढुंगाना र उनकी श्रीमती मधु ढुंगानाविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

उनका अनुसार उपसचिव ढुंगानाले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले भ्रष्टचारको मुद्दा दायर गरिएको हो। उपसचिव ढुंगानाले जोडेको सम्पत्तिको स्रोत नखुलेको र श्रीमती मधुका नाममा समेत सम्पत्ति राखेको पाइएको छ।

२०४९ सालमा सरकारी सेवामा प्रवेश गरेका उपसचिव ढुंगानाले २०७५ सम्म आर्जन गरेको ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ। 
 
प्रकाशित मिति: ०५:२१ बजे, शुक्रबार, पुस १८, २०७६