Kathmandu Press

चारकोसे जङ्गलमा नवजात शिशु फेला

चारकोसे जङ्गलमा नवजात शिशु फेला
Hardik ivf

सुनसरी, माघ ६ : सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ । 

कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

नवजात शिशुलाई कसले जङ्गलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्