Kathmandu Press

त्रिभुवन विमानस्थलबाट दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

यूएईको शारजाहबाट आएका दुई ....

त्रिभुवन विमानस्थलबाट दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ
फाइल

काठमाडौं, पुस १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

यूएईको शारजाहबाट आएका दुई यात्रुको सुरक्षा जाँचका क्रममा शुक्रबार दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नविन गोपिचन्द र सुरेश लाल रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक–एक किलो सुन बरामद गरिएको हो।

प्रहरीका अनुसार उनीहरुले निलो प्लास्टिकमा मलद्वारमा सुन बेरेर ल्याएका थिए। सिनामंगलस्थित केएमसी अस्पताल लगेर उनीहरुको एक्सरे गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्