Kathmandu Press

कैलालीमा ट्रयाक्टर दुर्घटनामा परि एकको मृत्यु

कैलालीमा ट्रयाक्टर दुर्घटनामा परि एकको मृत्यु
Hardik ivf

कैलाली, माघ ६ : कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाका गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टरका सहचालक पुनर्वास नगरपालिका– १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसको इन्जिनमुनि च्यापिएका चौधरीको उद्धारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। दुर्घटनामा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना घाइते भएका छन् । घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १९:५१ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्