Kathmandu Press

धनकुटा महाेत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन

धनकुटा महाेत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन
Hardik ivf

धनकुटा, माघ ६ : साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ ।
 
पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो ।
 
प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ । विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो । ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो सङ्कलक सुरेन्द्र आठपहरियाले सङ्कलन गरेका हुन।
 
ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्