औषधि बोकेर उपल्लो डोल्पा पुगे डा. केसी
काठमाडौं, पुस १९ : वरिष्ठ चिकित्सक डा.गोविन्द केसी औषधि बाकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्।
विभिन्न औषधि बोकेर उनी बिहीबा....

काठमाडौं, पुस १९ : वरिष्ठ चिकित्सक डा.गोविन्द केसी औषधि बाकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्।
विभिन्न औषधि बोकेर उनी बिहीबार उपल्लो डोल्पा पुगको हुन्। त्यहाँ उनले चिसोका कारण बिरामी परेकाहरूको उपचार गर्नेछन्। डोल्पा सदरमुकाम दुनईमा पुस १५ गते पुगेका डा.केसी बिहीबार तीन दिन हिडेर उपल्लो डोल्पा पुगेका हुन्।
काठमाडौं प्रेससँग छाेटाे टेलिफोनमा कुरा गर्दै उनले भने, ‘उपल्लो डोल्पामा केही औषधि बोकेर आएको छु, केही दिन यतै हुन्छु।’ त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएपछि डा.केसीले विकट क्षेत्रका मानिसहरुका उपचारमा सक्रिय हुने बताउँदै आएका छन्।
प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

