निजी जग्गामा डोजर चलाएको भन्दै महानगरविरूद्ध प्रदर्शन
शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन्।
काठमाडाैं, माघ ६ : काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन्।
निजी सम्पतीमा बिनापुर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ। त्यस्तै उनीहरुले फोहर मैला व्यवस्थापन कहाँ पुग्यो ? टुकुचा बिगार्ने अनि लापरबाही तरिकाले छाड्ने? हिँड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो? लगायतका प्रश्न पनि गरेका छन्।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौंको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताए। उनले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफुले सुझाव दिदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गरे।
संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ।