Kathmandu Press

चिसोका कारण सोलुका ११० सामुदायिक विद्यालय बन्द

चिसोका कारण सोलुका ११० सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु, माघ ६ : यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । 

आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताए। 
    
खुम्बुमा पुस दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको खुम्बुका गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ । थुलुङदूधकोसी गाउँपालिकाका ५२ विद्यालयमध्ये १२ बन्द रहेको पालिकाका प्रवक्ता भोजराज कार्कीले बताए। 

Hardik ivf

यस्तै महाकुलुङ गाउँपालिकाका २० मध्ये सात विद्यालय बन्द रहेको पालिकाका शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ। लिखुपिके गाउँपालिकाका २२ विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखाप्रमुख गोमादेवी खड्काले बताए। 

नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार पालिकाभित्र रहेका ३४ मध्ये तीन विद्यालय बन्द छन् । माप्यदूधकोसी गाउँपालिकाका ३९ मध्ये चार विद्यालय बन्द छन् । 

हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् भने केहीले बर्खे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए। 

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, माघ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्