सरुवाको अवज्ञा गरी बसेका प्रचण्डका पूर्वसुरक्षाकर्मी मल्लले बल्ल चितवन छाडे
काठमाडौं, पुस १९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहालका पूर्व पीएसवो प्रहरी उपरीक्षक दानबहादुर मल्लले आज बल्ला चितवनबाट रमानाको पत्र बुझेका छन्।
....
काठमाडौं, पुस १९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहालका पूर्व पीएसवो प्रहरी उपरीक्षक दानबहादुर मल्लले आज बल्ला चितवनबाट रमानाको पत्र बुझेका छन्।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते चितवन प्रहरी प्रमुखबाट सरुवा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो। तर मल्लले प्रधान कार्यालयको सरुवा अवज्ञा गर्दै चितवन छाड्न मानेका थिएनन्।
हिजो (बिहीबार) ३ नम्वर प्रदेश प्रहरी कार्यालय, हेटौंडाले १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएपछि बल्ल मल्लले आज उक्त पत्र बुझेका हुन्।
चितवनमा एसपी गंगा पन्तको सरुवा गरिएको थियो । मल्लले रमाना नबुझ्दा पन्तले पद वहाली गर्न पाएकी थिईनन्।
प्रकाशित मिति: ०३:५६ बजे, शुक्रबार, पुस १८, २०७६
थप समाचार






