Kathmandu Press

आजदेखि चिकित्सक संघको निर्वाचन

उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए।
आजदेखि चिकित्सक संघको निर्वाचन

काठमाडाैं, माघ ६ : नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ।

समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ। उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए।

Hardik ivf

उनका अनुसार आज र भोलि हुने निर्वाचनमा ६ हजार ४ सय जना मतदानमा सहभागी हुँदैछन्। भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ। 

काठमाडौं उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ। निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एकएक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी संघ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ।
 
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका उम्मेदवारहरु डा सन्तोष पौडेलको प्रगतिशील समूह, डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन्।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्