Kathmandu Press

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले जानकारी दिए।
गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

काठमाडाैं, माघ ६ : एक करोड मानिसलाई श्रीमदभागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ। तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो।
 
सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले जानकारी दिए। पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ। 
    
विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दुका हातमा गीता होस् भनेर यो महाअभियान सुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहेका पोखरेलले बताए।
 
गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ। 
    
महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ। हाल महाअभियानमा १८ जना सहभागी छन्।

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, माघ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्