सांसद अभिषेकप्रताप साहलाई पक्राउ गर्न अनुमति
कपिलवस्तु, पुस १८ : कपिलवस्तु–३ का प्रतिनिधिसभाका सदस्य अभिषेकप्रताप साहलाई पक्राउ गर्न जिल्ला अदालत, कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ।
....
कपिलवस्तु, पुस १८ : कपिलवस्तु–३ का प्रतिनिधिसभाका सदस्य अभिषेकप्रताप साहलाई पक्राउ गर्न जिल्ला अदालत, कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ।
ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि अदालतले प्रहरीलाई अनुमति दिएको हो। सांसद साहविरद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको थियो।
त्यसमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। साह कांग्रेसका सांसद हुन्।
उनले गत पुस ५ गते कुटपिट गरेको भन्दै श्याम मिश्राले प्रहरीमा उजुरी दिएका थिए। उनी स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका मेयरका उम्मेदवार बनेका थिए।
प्रकाशित मिति: ०३:३३ बजे, शुक्रबार, पुस १८, २०७६
थप समाचार






