Kathmandu Press

माैसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द

काठमाडौं, पुस १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान बन्द भएका छन्। खराब मौसमले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द गरिएको विमानस्थल का....

माैसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द
फाइल फाेटाे

काठमाडौं, पुस १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान बन्द भएका छन्। खराब मौसमले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

आज बिहान मौसम खुलेको भएपनि दिउँसोदेखि भिजिबिलिटी कम भएको जनाइएको छ। जसले गर्दा दिउँसोदेखि सबै उडान बन्द गरिएका छन्। भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्नुपरेको विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले बताए।

खराब मौसका कारण आन्तरिक उडान भने बिहानैदेखि बन्द रहेका थिए। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानलाई डाइभर्ट गरिएको पनि विमानस्थल कार्यालयले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण आन्तरिक उडान बन्द गरिएका छन्।

विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, अझै तीन दिन मौसममा सुधार आउने देखिएको छैन। आज काठमाडौंको तापक्रम न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्