Kathmandu Press

नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ उम्मेदवार

काठमाडौं, पुस १८ : राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले नारायणकाजी श्रेष्ठसहित १६ उम्मेदवार चयन गरेको छ।

आज बिहान बसेको नेकपा सचिवालयले बैठक....

नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ उम्मेदवार

काठमाडौं, पुस १८ : राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले नारायणकाजी श्रेष्ठसहित १६ उम्मेदवार चयन गरेको छ।

आज बिहान बसेको नेकपा सचिवालयले बैठकले उम्मेदवार तय गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, १६ जना उम्मेदवारको टुङ्गो लगाएको छ।

नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी प्रतिनिधिसभा निर्वाचनमा डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए।

नेकपाले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा.बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै, गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद आचार्य तथा सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्