Kathmandu Press

भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बोलाइएको छ। 
भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं, माघ ५ : राष्ट्रियसभा सदस्यहरुले शान्ति सुव्यवस्था, भ्रष्टाचार न्यूनीकरण, सुशासन, यातायात लगायतका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको बिशेष समयमा  कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता रहेको बताइन्। उनले सडक यातायातलाई व्यवस्थीत गर्न सरकारले बिशेष ध्यान दिनुपर्ने पनि बताइन्।

Hardik ivf

माओवादी केन्द्रका नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए। सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुने उनको विश्वास छ।  

एमालेकी सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटकपटक दोहाेरिएको बताए। हवाई यात्रालाई विश्वासनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न उनले माग गरे।

बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ भने राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बोलाइएको छ। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्