पहाड र हिमाली क्षेत्रमा हिमपात, देशभर वर्षा
काठमाडौं, पुस १८ : शुक्रबार बिहानैदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरू भएको छ भने देशभर वर्षा हुन थालेको छ।
पश्चिमी न्यूनचापीय वाय....
काठमाडौं, पुस १८ : शुक्रबार बिहानैदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरू भएको छ भने देशभर वर्षा हुन थालेको छ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘वर्षा लगातार नभई केही समय रोकिँदै फेरी सुरू हुनेछ,’ मौसमविद् मानन्धरले भनिन्।
त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुन थालेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बिहानैदेखि हिमपात भइरहेको जनाएको छ।
सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरा र डडेल्धुरामा हिमपात भएको छ। बिहानैदेखि परेको हिउँले सडक अवरुद्ध भएका छन्। एक फिटसम्म हिउँ जमेको जनाएको छ। हिउँ पर्ने क्रम रोकिएको छैन।
त्यस्तै, कर्णालीको डोल्पा, मुगु, हुम्ला र जुम्लालगायतका जिल्लामा पनि गएरातिदेखि नै हिमपता भएको छ। केही ठाउँमा बाक्लो हिमपात भएको जनाएको छ।






