Kathmandu Press

कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग

कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग

काठमाडाै, माघ ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन्। 

उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा गरे। 

नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे । सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे। 

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, माघ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्