Kathmandu Press

राष्ट्रियसभा उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, पुस १८ : राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

प्रधानमन्त्री एवं ने....

राष्ट्रियसभा उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, पुस १८ : राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय बैठक सुरू भएको जनाएको छ। बिहीबारको टुङ्गो लाग्न नसकेपछि आज बैठक बोलाइएको हो।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुँदै छ। यस पटक १८ सदस्यका लागि निर्वाचन हुनेछ भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

त्यस्तै, नेकपा सचिवालय बैठकमा प्रतिनिधिसभाका सभामुखको उम्मेदवारबारे पनि छलफल हुने जनाएको छ। नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा संसद् स्थगित हुँदै आएको छ।

नेकपामा सभामुखको उम्मेदवारका लागि तीन जनाको दाबी रहेको छ। उपसभामुख डा.शिवमाया तुम्बाहाङफे, पूर्वसभामुख सुवाष नेम्वाङ र स्थायी समिति सदस्य अग्नी सापकोटा चर्चामा छन्।

 

प्रकाशित मिति: २३:३५ बजे, बिहीबार, पुस १७, २०७६