Kathmandu Press

आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना 

काठमाडौं, पुस १८ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून....

आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना 

काठमाडौं, पुस १८ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो ।

हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

पौष १८  गते (शुक्रबार)
दिउँसो :देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

पौष १९  गते (शनिबार)
दिउँसो :देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

 पौष २०  गते (आइतबार)
दिउँसो : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्