सांसद कनोडियालाई कांग्रेसको निर्देशन- उखु किसानको पैसा तत्काल भुक्तानी गर्नू
काठमाडौं, पुस १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानको पैसा भुक्तानी तत्काल गर्न प्रदेश २ को संसदीय दलका उपनेता वीरेन्द्र कनोडियाल....
काठमाडौं, पुस १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानको पैसा भुक्तानी तत्काल गर्न प्रदेश २ को संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई निर्देशन दिएको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उपनेता कनोडियालाई तत्काल उखु किसानको पैसा भुक्तानी गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘उखु किसानहरु काठमाडौंको माइतीघरमा आन्दोलित भइरहेका छन्। किसानको पसिनाको मुल्य व्यवसायीले दिनु पर्छ,’ शर्माले भने,‘सांसद कनोडियाले किसानलाई भुक्तानी नदिएको भन्ने कुरा बाहिर आएपछि हामीले तत्काल भुक्तानी गर्न निर्देशन दिएका हौं।’
सांसद कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन्। कनोडियाले करोडौं मूल्यको उखु खरिद गरेर किसानलाई भुक्तानी दिएका छैनन्। किसानहरुको आन्दोलनपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै कांग्रेसले सांसद कनोडियालाई बाँकी रकम तत्काल किसानलाई उपलब्ध गराउन भनेको हो।
उखु किसानहरुले आफूहरुले चिनी मिल माकिलहरुबाट उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। पछिल्लो एक साता यता उनीहरु काठमाडौं आएर माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्।






