Kathmandu Press

गण्डकी प्रदेशसभाका उपसभामुख थापाद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशसभाका उपसभामुख थापाद्वारा पदभार ग्रहण

गण्डकी, माघ ३ : गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गरेकी छन। सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिएकी थापाले आज पदभार ग्रहण गरेकी हुन।

उपसभामुख थापालाई प्रदेशसभा सचिव हरिराज पोखरेललगायत सविचालयका कर्मचारीले कार्यालयमा स्वागत गरेका थिए । यसअघि सोमबार नै उनी उपसभामुख पदमा निर्वाचित भएका थिइन।

थापाको पक्षमा प्रदेशसभाका ३२ सदस्यले मतदान गरेका थिए । उनी नेकपा (एमाले) बाट उम्मेदवार बनेकी थिइन। उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन।

प्रदेशसभाका कूल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए। कांग्रेसका एक प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहेका थिए। थापा समानुपातिकतर्फ बागलुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, माघ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्