यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
काठमाडौं, पुस १७ : सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले ते....
काठमाडौं, पुस १७ : सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले तेह्रथुमको म्याङलुङ नगरपालिका–१० का अधिकारीलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यस्तै बैठकले संस्थानको रिक्त रहेको महाप्रवन्धक पदमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
यसैगरी, ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा काठमाडौंको टोखा नगरपालिका–४ का नरेशराज अर्याललाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। अर्यालको कार्यकाल पाँच वर्षको हुनेछ।
यस्तै, लामो समयदेखि गैरकानूनी रूपमा नेपालमा बसोबास गर्दै आएका इजिप्टका चार जना नागरिकलाई देश निकाला गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्री बाँस्कोटाले उनीहरुको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार ६ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाख रुपैयाँसमेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको बताए।
यस्तै, बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस अनुसार जतबहादुर कार्की लगायत १३ जना व्यक्ति तथा परिवजारलाई दोहोरो नपर्ने गरी आर्थिक सहायकता/क्षतिपूर्तिवापत १२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।
यसैगरी, चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले बताए।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय :








