Kathmandu Press

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा  खानेपानीको समस्या

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा  खानेपानीको समस्या

दार्चुला, माघ ३ : दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका  दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ। सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो ।  यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश  खानेपानीका मुहान सुक्न थालेका छन् । लामो समयसम्म नियमित वर्षा नहुँदा मुहानहरुमा  पानीको मात्रा घटेकाले स्थानीयवासी अभाव बेहोर्दै आएका छन्।

नियमित वर्षा नभएकाले पनि पहाडी क्षेत्रमा खानेपानीको समस्या बर्सेनि बढ्दै गएको छ । शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या  भएको स्थानीयवासी श्याम सिंह धामी बताउँछन् । उक्त क्षेत्रका करिब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ  ।  

Hardik ivf

जिल्लाका नौवटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको सोही वडाका वडाध्यक्ष जगदीशसिंह धामी बताउँछन् । त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत  भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीको भनाइ छ । । जिल्लाको धेरैजसो  ठाउँमा लिप्टिङ  खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीहरुले खानेपानीको समस्या झेल्नुपरेको छ ।

शैल्यशिखरका केही बस्तीमा  खानेपानीका केही मुहान बर्खायाममा  बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । क्षतिग्रस्त मुहानलाई स्थानीय सरकारले अहिलेसम्म मर्मत गर्न कुनै चासो नदेखाएको  अर्का स्थानीयवासी गोपाल सिंह धामीको गुनासो छ ।

जिल्लाका अधिकांश  ठाउँमा सडकलगायत भौतिक संरचना निर्माणका कामले क्षति  पु¥याउँदा  मुहानहरु पुरिएर   खानेपानीको समस्या भएको छ । जलवायु परिवर्तन, जथाभावी निर्माण कार्य, भू–क्षय, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाशआदिले गर्दा  पानीका मुहान नासिदै गएको जानकारहरुको भनाइ छ । 

भौगोलिक विकटता र माथिल्लो भागमा बस्ती तर खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन । लिफ्ट सिस्टमजस्ता प्रविधिको प्रयोग सहज छैन । महगो  प्रविधि र त्यसमा फेरी सञ्चालनको झन्झट पनि भएकाले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटी बताउँछन् । 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्