साँस्कृतिक संस्थानको अध्यक्षमा अधिकारी र महाप्रबन्धकमा राई नियुक्त
काठमाडौं, पुस १७ : सरकारले साँस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठ....
काठमाडौं, पुस १७ : सरकारले साँस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले तेह्रथुमको म्याङलुङ नगरपालिका–१० का अधिकारीलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यस्तै बैठकले संस्थानको रिक्त रहेको महाप्रबन्धक पदमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
यसैगरी, ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा काठमाडौंको टोखा नगरपालिका–४ का नरेशराज अर्याललाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। अर्यालको कार्यकाल पाँच वर्षको हुनेछ।






