Kathmandu Press

सीमा विवादबारे भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, पुस १७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमामा देखिएको समस्याबारे भारत तयार रहेको जनाउन दिएको बताएका छन्। 

राष्ट....

सीमा विवादबारे भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, पुस १७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमामा देखिएको समस्याबारे भारत तयार रहेको जनाउन दिएको बताएका छन्। 

राष्ट्रिय सभाको बैठकमा बिहीबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादको समस्या हल गर्न भारत वार्तामा बस्न तयार रहेको जनाएको जानकारी दिएका हुन्।

उनले सरकारले सीमा विवाद समाधानका लागि भारतलाई पत्राचार गरेको र दुवै पक्षलाई अनुकूल हुने गरी वार्ता हुने बताए। 

‘सरकारले कूटनीतिक नोटमार्फत नोभेम्बर २३ मा वार्ता गर्ने भने पनि भारतले उक्त मिति नाघिसकेपछि मात्र नेपाललाई पत्राचार गरेको थियो। त्यसैले उक्त बैठक बस्न सकेन,’ उनले भन,‘नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने गरी वार्ताको नयाँ मिति तोक्ने तयारी भइरहेको छ।’

सीमामा समस्या रहेको कुरा भारतले स्वीकारेको र वार्तामा आफू बस्न तयार रहेको बताएको मन्त्री ज्ञवालीले बताए। परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन कुराकानीमा पनि सीमाको समस्याबारे छलफल भएको बताए। 

उनले कालापानी क्षेत्रमा सीमा सुरक्षा चौकी थप्ने र नेपालतर्फबाट आवतजावत गर्न सक्ने गरी तत्काल घोडेटो बाटो बनाउन बजेट विनियोजन गरिएको जानकारी दिए।
 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, पुस १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्