कर्णाली नदीमा जीप खस्यो, पाँच जनाको मृत्यु (अपडेट)
बाजुरा, पुस १७ : कर्णाली नदीमा जीप खस्दा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
बाजुराको धुलाचोरबाट कोल्टी जाँदै ....

बाजुरा, पुस १७ : कर्णाली नदीमा जीप खस्दा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
बाजुराको धुलाचोरबाट कोल्टी जाँदै गरेको से १ ज १०६४ नम्बरको जीप बिहीबार हिमाली गाउँपालिका–७ बाधुस्थित कालापडा भीरबाट कर्णाली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृतकमध्ये जगन्नाथ गाउँपालिकाको गोत्रीका जीप चालक रमेश शाहीको मात्रै पहिचान खुलेको छ। मृतक अन्य चार जनाको भने सनाखत हुन सकेको छैन।
दुर्घटनामा मुगु मुगुकर्मारोक गाउँपालिका–८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा तथा बाजुरा बुढीनन्दा नगरपालिका–६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी घाइते भएका छन्। उनीहरुमध्ये गेम्चो र टोर्सेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।











