एनसीपी वरिष्ठ नेता डीबी त्रिपाठीको निधन
काठमाडौं, पुस १७ : भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) वरिष्ठ नेता डीपी त्रिपाठीको निधन भएको छ।
बिहीबार बिहान त्रिपाठीको न....

काठमाडौं, पुस १७ : भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) वरिष्ठ नेता डीपी त्रिपाठीको निधन भएको छ।
बिहीबार बिहान त्रिपाठीको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ६७ वर्षीय त्रिपाठी लामो समयदेखि बिरामी थिए।
भारतको उत्तर प्रदेशका चर्चित नेता त्रिपाठी सुरुआतमा कांग्रेस पार्टीमा रहेका थिए। तर, कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग मतभेद भएपछि एनसीपीमा सामेल भएका थिए।
भारतको राज्यसभा सांसद समेत भएका त्रिपाठी लेखक पनि हुन्। उनका थुप्रै पुस्तक प्रकाशित छन्।
उनले नेपालसँग सम्बन्धित किताब पनि लेखेका छन्। उनको ‘नेपाल इन ट्रान्जिसन : अ वे फरवार्ड’ चर्चित किताब हो।
प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











