Kathmandu Press

शोक बिदा भएपनि त्रिविको नियमित परीक्षा नरोकिने

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा भोलि माघ २ गते नरोकिने बताएका छन्।
शोक बिदा भएपनि त्रिविको नियमित परीक्षा नरोकिने

काठमाडौं, माघ २ : पोखरामा भएको यती एयरको जहाज दुर्घटनाको शोकमा सोमबारका लागि सरकारले सार्वजनिक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ।

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा भोलि माघ २ गते नरोकिने बताएका छन्।

शाक्यले आइतबार सूचना  जारी गर्दै पोखरामा भएको हवाई दुर्घटनामा माघ २ गतेका लागि सरकारले शोक बिदा दिए पनि मानविकी सङ्कायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा सञ्चालन हुने जानकारी दिएका छन्।

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, माघ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्