सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात
सुर्खेत, पुस १७ : दुई दिनदेखि मौसममा बद्ली भएसँगै सुदूरपश्चिम र कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात सुरू भएको छ।
गएरातिदेखि सुद....

सुर्खेत, पुस १७ : दुई दिनदेखि मौसममा बद्ली भएसँगै सुदूरपश्चिम र कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात सुरू भएको छ।
गएरातिदेखि सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा तथा कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला र मुगुलगायतका जिल्लामा हिमपात सुरू भएको हो। हिमाली जिल्लासँगै पहाडी जिल्लामा पनि हिमपात सुरू भएको स्थानीय वासिन्दाले बताएका छन्।
जम्मु र कश्मीरमा रहेको पश्चिमी वायु नेपाल प्रवेशसँगै दुई दिनदेखि वर्षा सुरू भएको थियो। पश्चिमी पहाडी क्षेत्रसँगै मध्य र पूर्वि क्षेत्रमा पनि वर्षा हुन थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, यो क्रम अझै एक–दुई दिन रहने छ। सुदूरपश्चिम र कर्णालीसँगै पूर्व पहाडी क्षेत्रमा पनि सामान्य तथा मध्यम हिमपात हुने जनाएको छ।











