Kathmandu Press

थारू समुदायमा कसरी मनाइन्छ माघी ?

गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँट गर्ने, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि काम पनि माघीमा गरिन्छ। वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारू समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको छ।
थारू समुदायमा कसरी मनाइन्छ माघी ?

काठमाडौं, माघ १ : माघे संक्रान्ति हिमाल, पहाड, तराईमा बसोबास गर्ने प्रायः सबै नेपालीले मनाउने चाड हो। तर केही जातीय समुदायमा भने यसलाई प्रमुख चाडका रूपमा मनाउने गरिन्छ।

थारू समुदायले माघे संक्रान्तिलाई ‘माघी’ चाडका रूपमा मनाउँदै आएका छन्।माघी थारू समुदायको प्रमुख राष्ट्रिय चाड हो। आदिवासी जनजातिअन्तर्गत पर्ने यो समुदायमा माघीलाईनयाँ वर्षका रूपमा लिने गरिन्छ।

२०६८ सालको जनगणनाअनुसार नेपालमा थारू समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० थियो। २०७८ सालमा लिइएको जनगणनाको पूर्ण रूपमा तथ्यांक सार्वजनिक हुन बाँकी छ।तथापि नेपालको पूर्वी, मध्य र पश्चिमी तराईमा यो समुदायको ठुलो बसोबास रहेको पाइन्छ।

Hardik ivf

झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर गरी २२ जिल्लामा आदिकालदेखि नै थारू जातिको बसोबास रहेको पाइन्छ।

बसाइँसराइका कारण काठमाडौं उपत्यकालगायत अन्यत्र जिल्लाहरूमा पनि थारूहरूको बसोबास बाक्लिँदै गएको छ । तर जहाँसुकै बस्दै आए पनि थारू समुदायका लागि माघी सबैभन्दा महत्वपूर्ण चाडका रूपमा रहेको पाइन्छ।

कञ्चनपुर र कैलालीको थारू समुदायमा माघीका अवसरमाविशेष चलहपहल हुने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख जोगुराम चौधरी बताउँछन्। सबैतिरका थारूहरूले माघी मनाउने तरिकामा समानता रहेको उनी बताउँछन्। उनका अनुसार माघीका दिन बिहानै उठेर नजिकैको खोलामा नुहाएर चेलीबेटीलाई चामल, दाल, नुन र दक्षिणाको ‘मिश्राउ’ दिने चलन छ।

नयाँ लुगा लगाएर, ढिक्री (थारू समुदायको विशेष परिकार जुन पिठोबाट बनाइन्छ, मःमजस्तै बाफमा पकाइन्छ तर त्यसमा मासु वा तरकारीको सट्टा गुलियो वस्तु राख्ने गरिन्छ), माछा, घोंगी, गंगटा, सुँगुर–बंगुरको मासुलगायतखानेकुरा खाएर,परिवारकाअग्रज सदस्यहरूबाट आशीर्वाद लिएर र आफूभन्दा सानालाई दक्षिणासहित आशीर्वाद दिएर माघी मनाउने गरिएको उनको भनाइ छ।

पछिल्लो समयमाघी मनाउने तरिकामा पनि विभिन्न किसिमका विकृति, विसंगति र बेथिति मौलाएको चौधरी बताउँछन्।‘माघीकानाममा धेरै मदिरा सेवनगरी अल्लारे केटाहरूले भाँडभैलो मच्चाउने, झैझगडा गर्नेजस्ता घटनाबढ्दै गएका छन्,’ उनी भन्छन्,‘धेरै मदिरा र मासु खाएर रमाइलो हुन्छ भन्नेम मान्दिनँ।त्यसैले यो माघीमा विगतका वर्षहरूमा जस्तै ठुलाबडाबाट आशीर्वाद लिने, परिवारसँगै बसेर रमाउने योजनामा छु।’

२०६८ सालको तथ्यांकअनुसार सबैभन्दा बढी थारू जातिको बसोबास कैलालीमा छ। २०६८ को जनगणनाअनुसार कैलालीमा थारूको संख्या ३ लाख२२ हजार १२० थियो। अहिले पनि यसैको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ।माघी नजिकिँदै गर्दा कैलालीका थारू समुदायमाविशेष चलहपहलर रौनक देख्न सकिने लम्कीचुहा नगरपालिकाका–७ का सामाजिक अभियन्ता दिलबहादुर चौधरी (थारू) बताउँछन्।

माघी नजिकिँदै गर्दाविशेष परिकारका लागि थारू महिलाहरू कुटानीपिसानी गर्ने, सालका पातबाट टपरी बनाउने, बजारमा गएर तेल, मरमसला लगायत अन्य आवश्यक सामग्री खरिदबिक्री गर्नेगरिएको चौधरीको भनाइ छ।‘पहिलेपहिले थारू टोलटोलमा माघी आउनुभन्दा अघिदेखि नैनिकै रौनक हुन्थ्यो।बीचमा अलि लोप हुने अवस्थामा पनि रह्यो,’ उनी भन्छन्,‘तर आजभोलिका युवामा भने आफ्नो संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने चेतना बढेका कारण माघी विशेष हुन थालेको छ।माघीलाईविशेषमानेर परम्पराको संरक्षणमा योगदान पुग्नेगरी थारू समुदाय माघी मनाउन सक्रिय हुन थालेको छ।’

पहिले माघेसंक्रान्तिको दिनसार्वजनिक बिदा दिने चलन थिएन। तर थारु, मगर समुदायको माग भएपछि केही वर्षयता सार्वजनिक बिदा दिन थालिएको छ। अझ थारु समुदायको सघन बसोबास रहेका ठाउँमा सम्बन्धित स्थानीय सरकारले थप बिदा पनि दिन थालेको छ। ‘कैलालीका स्थानीय सरकारहरूले थप दुई दिन बिदा दिने भएको छ,’ उनले भने, ‘यो थारू समुदायका लागिमहत्वपूर्ण कुरा हो।’ लुम्बिनी सरकारले माघीका अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ।

कसरी मनाइन्छ माघी?

हरेक माघ १ गतेलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।माघी मनाउनथारू समुदायमा पुसको अन्तिम दिन बंगुर काट्ने चलन रहेको बेलौरी नगरपालिकाका उपप्रमुख जोगुराम चौधरी बताउँछन्।‘संक्रान्तिको दिन हिंसा गर्नुहुँदैन भन्ने मान्यता छ।

त्यसैले पुसको अन्तिम दिन नै सुँगुर–बंगुर काटेर समुदायका मानिसले आफूलाई आवश्यक पर्नेमासुको जोहो गर्छन्,’ उनले भने। त्यसरी सुँगुर–बंगुर काट्ने चलनलाई ‘जिता मरना दिन’ पनि भनिन्छ।महिलाहरूले पनि पुसको अन्तिम दिननै ढिक्री बनाउने परम्परा रहेको उनको भनाइ छ।

माघेसंक्रान्तिको दिन बिहानै थारू समुदायका बच्चादेखिवृद्धसम्म नदी, तलाउ नजिकै भएत्यही गएर नत्र घरमै नुहाउने चलन रहेको चौधरी बताउँछन्। यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास छ। कतैकतै अघिल्लो दिन चोकमा धुनी बाल्ने, रातभर भेला भएर जाग्राम बस्ने र बिहान भएपछि नुहाउन जाने गरिन्छ।

‘नुहाएर आइसकेपछि चामलको सेतोटीका लगाएर चामल, नुन, दाल र दक्षिणाको ‘मिश्राउ’ छुट्याउने चलन छ। छुट्याएको मिश्राउ सोही दिन वा भोलिपलट आफ्नादिदीबहिनी, चेलीबेटीलाई दिने गरिन्छ,’ उनी भन्छन्।मिश्राउलाई कतैकतै ‘निसराउ’ पनि भनिन्छ ।

माघीका विशेष परिकार 

थारू समुदायमा माघेसंक्रान्तिको दिन विशेष परिकारका रूपमा ढिक्री खाने चलन छ। यसका साथै पुसको अन्तिम दिन काटेको बंगुरको मासुको परिकार, माछाको सुकुटी, आलु र सिन्कीको अचार,हरियो सागर जाँड पनि बनाउने गरिन्छ। परिवारका सबै अग्रजबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिइसकेपछिसबैजना सँगै बसेर रमाइलो गर्दै बनाएकापरिकार खानेगरेकोपरम्परा रहेको उपप्रमुख चौधरीको भनाइ छ।

माघेसंक्रान्तिकै दिन वा भोलिपल्ट परिवारमानयाँ नियम बनाउनुपर्ने उनी बताउँछन्। ‘पहिले कम्लहरी प्रथा कायम रहँदा परिवारमा नयाँ कमैया खाने प्रचलन रहेको थियो, जुन आजभोलि छैनतर आजपनि ठुलो परिवार छ भने माघेसंक्रान्तिको दिन अलग हुने, घरको सम्पूर्ण आयव्ययप्रस्तुत गर्ने, गाउँमा नयाँ भलमन्सा (गाउँका मुख्य व्यक्ति) छनोट गर्नेलगायत चलन आझै कायमै छ,’ उनीे भन्छन्। भलमन्सालाई ठाउँअनुसार अर्को शब्दमा गाउँको महटावाँ वा बरघर पनि भन्ने गरिन्छ।

गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँट गर्ने, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि काम पनि माघीमा गरिन्छ। वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारू समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको छ।केही समय पहिलापहिला कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने कार्य पनि माघीकै दिन गरिन्थ्यो।खेतीपातीलगायत विभिन्न व्यवहारको नवीकरण गर्ने दिनका रूपमा माघी रहेको छ।

थारूहरूले सामूहिक खेती गर्न थालेपछि माघी पर्व मनाउन थालिएको थारु संस्कृतिका जानकारहरू बताउँछन्। नयाँ धान काटिसकेपछि सबै भेला भएर कसले केके गर्ने भनेर काम विभाजन गर्ने गर्दागर्दै माघी पर्वको सुरुवात भएको उनीहरूको भनाइ छ । भेला भएका अवसरमा नया धानको भात आदि परिकार खाइने भएकाले नयाँ अन्न खाने दिनका रूपमा पनि माघी पर्वलाई लिने गरिन्छ।

माघी विशेष नाच 

माघेसंक्रान्तिको दिन खाइपिइ गरिसकेपछिदिउँसोदेखि‘माघी नाच’ नाच्ने परम्पराछ। माघीमाछोक्रा नाच (मघौटा नाच) नाच्ने रढुमरूगीत गाउने पनि गरिन्छ।

ढुमरु गीत र छोक्रा नाच माघेसंक्रान्तिदेखितीन दिनसम्म तिहारमा देउसी खेलेजसरी नै घरघरमा गएर देखाउने गरिन्छ।यसै अवसरमा सखिया नाच पनि नाच्ने गरिन्छ। माघी नाच्दा थारू महिलाहरूले ब्लाउज र सेतो गुन्यूर थारू विशेष गरगहना लगाउने उपप्रमुख चौधरी बताउँछन्।

हरेक थारू समुदायको घरघरमा गएर माघी नाच नाच्दा आफ्नो क्षमताअनुसारको दक्षिणा दिनेगरिन्छ। माघी विशेष गाइनेगीतमा सन्तानले आफ्नो अभिभावकसँग नयाँ लुगा, गहना कहिले ल्याइदिने भनेर माग गरेको भाव झल्किने गरेको उनको भनाइ छ।

उपत्यकामा विशेष कार्यक्रम

काठमाडौं उपत्यकाका थारूहरूले टुँडिखेलमा भेला भएर विशेष कार्यक्रम गरी माघी मनाउँदैछन्। थारु कल्याणकारिणी सभाको अगुवाइमा पुस ३० र माघ १ गते दुई दिन टुँडिखेलमा उपत्यकाका थारुहरू भेला हुँदैछन्। माघ १ गतेका दिन आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिएको आयोजकको भनाइ छ।

२०६९ सालमा नेपाल सरकारले माघीलाई थारूहरूको राष्ट्रिय पर्वको मान्यता दिएपछि उपत्यकामा पनि थारूहरू एक ठाउँमा भेला भएर यो पर्व मनाउन थालेका हुन्। आदिवासी जनजातिहरूले आफ्नो पहिचानलाई बचाइराख्न आफ्ना मौलिक पर्वहरूमा वेशभूषा, परिकार, भाषा, गीतसंगीत, नृत्यलगायत विभिन्न चालचलनलाई अँगाल्ने क्रम बढ्दो छ। थारूहरुका लागि माघी पर्व विशेष बन्ने गरेको छ।

उपत्यकामा मात्र नभएर विदेशमा समेत थारूहरू एक ठाउँमा भेला भएर यो पर्व मनाउने चलन चलेको छ। रोजगारीका सिलसिलामाअमेरिका, अस्ट्रेलिया, कतार, साउदी अरेबिया, मलेसिया, युएईलगायत विभिन्न देशमा बस्दै आएका थारु समुदायले कम्पनीमा बिदा मिलाएर माघी मनाउने गरेका छन्। 

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्