Kathmandu Press

सामान्य प्रशासनमन्त्री गुप्ताको बिषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : सांसद भट्टराई 

‘यसमा मन्त्रीको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्छ,’ भट्टराईले भने, ‘तर, सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्छ।’ 
सामान्य प्रशासनमन्त्री गुप्ताको बिषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : सांसद भट्टराई 

काठमाडौं, असार २९ : नेकपा (एमाले) का नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन अघि बढाउनुपर्र्ने बताएका छन्। 

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्वमन्त्री समेत रहेका भट्टराईले उक्त भनाई राखेका हुन्। उनले सामान्य प्रशासन मन्त्री गुप्ताको भनिएको अडियोको वास्तविकता बाहिर ल्याउनुपर्ने बताए। 

यस विषयमा संसद्मा समेत कुरा उठेकाले मन्त्री गुप्ताले समेत संसद्मा आएर प्रस्ट पार्नुपर्ने भनाई पनि सांसद भट्टराइले राखे। 

‘यसमा मन्त्रीको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्छ,’ भट्टराईले भने, ‘तर, सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्छ।’ 

भट्टराईले मन्त्री गुप्ताका विषयमा मिडियामा आएका समाचाहरूका साथै प्रधानमन्त्रीले पनि छानबिन गर्नुपर्ने बताए। 

प्रकाशित मिति: २०:३७ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्