Kathmandu Press

भारत–पाक सेनाको भिडन्तमा नेपाली युवकको मृत्यु

काठमाडौं, पुस १७ : भारत र पाकिस्तानका सेनाबीच कश्मीरमा भएको भिडन्तमा नेपाली युवकको मृत्यु भएको छ।

भारतीय सेनामा कार्यरत नेपाली युवक अर्जुन थ....

भारत–पाक सेनाको भिडन्तमा नेपाली युवकको मृत्यु
एजेन्सी

काठमाडौं, पुस १७ : भारत र पाकिस्तानका सेनाबीच कश्मीरमा भएको भिडन्तमा नेपाली युवकको मृत्यु भएको छ।

भारतीय सेनामा कार्यरत नेपाली युवक अर्जुन थापामगरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बुधबार लाईन अफ कन्ट्रोल (एलओसी)मा भएको भिडन्तमा दुई भारतीय सैनिक मारिएका थिए। त्यसमा एक जना नेपाली अर्जुन रहेको जनाएको छ।

अर्जुनको घर गोरखाको रिप गाउँ हो। उनी २५ वर्षका थिए। भारतले कश्मीरको विशेष अधिकार खोसेपछि तनावग्रस्त रहेको छ। झण्डै चार महिनादेखि कश्मीरमा टेलिफोन, इन्टरनेट पूर्णरुपमा संचालन भएको छैन। पक्राउ गरिएका कश्मीरका नेताहरुलाई छोडिएको छैन।

जसले गर्दा कश्मीरको भारत–पाकिस्तान सीमा क्षेत्रमा दैनिक तनाव हुँदै आएको छ।

प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, पुस १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्