Kathmandu Press

मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

काठमाडाैं, पुस ३० : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन।

सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेकाे उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरेका हुन।

प्रकाशित मिति: १९:२२ बजे, शनिबार, पुस ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्