Kathmandu Press

सुदूरपश्चिम प्रदेश सभामुखका लागि साँझ ६ बजे मतदान 

सुदूरपश्चिम प्रदेश सभामुखका लागि साँझ ६ बजे मतदान 

सुदूरपश्चिम, पुस ३० : सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुनः मतदान हुने भएको छ । बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुनः मतदान हुन लागेको हो । 

आज बिहान बसेको सर्वदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ । 

Hardik ivf

तर बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गरे भने कांग्रेसका रावलले २३ मत पाएका थिए।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक तथा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन्। 

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्