Kathmandu Press

सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन

बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका एक सय ४४ सवारीलाई शुक्रबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा समायोजन भएको बताए।
सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन

सुर्खेत, पुस ३० : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि समायोजन भएका छन्। वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको हो।

बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका एक सय ४४ सवारीलाई शुक्रबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा समायोजन भएको बताए। ‘हामी यही माघ १ गतेबाट संयुक्तरुपमा यातायात सञ्चालन गर्नेछौं’, उनले भने।

त्यसैगरी, पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारीधनी धराशायी हुन पुगेकाले समायोजन हुनुपरेको बताए। यसले सवारी धनीलाई धेरै राहत हुनेमा विश्वास उनको छ।

प्रकाशित मिति: ०८:४६ बजे, शनिबार, पुस ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्