Kathmandu Press

आज हिमपात र बर्षाको सम्भावना  

काठमाडौं, पुस १७ : देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

आज उच्च पहाडि तथा हिमाली भुभागका अधिकांश स्थानहरुम....

आज हिमपात र बर्षाको सम्भावना  

काठमाडौं, पुस १७ : देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

आज उच्च पहाडि तथा हिमाली भुभागका अधिकांश स्थानहरुमा पश्चिमी वायुको प्रभावले पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमबिदहरुको भनाइ छ ।

देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएपनि लगातार झरीको सम्भावना भने रहेको छैन् । 

आगामी तीन दिनको मौसम पूर्वानुमान  


पौष १७  गते (बिहिबार)
दिउँसो : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपातको सम्भावना देखिन्छ ।

 

पौष १८  गते (शुक्रबार)
दिउँसो :देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

 

पौष १९  गते (शुनिबार)
दिउँसो :देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, पुस १७, २०७६