Kathmandu Press

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह
Hardik ivf

काठमाडौं, पुस २९ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म  ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत्  दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो । 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्