Kathmandu Press

पाँचखालमा आँखा शिविर, एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया

पाँचखालमा आँखा शिविर, एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया

काभ्रे, पुस २९ : पाँचखाल नगरपालिकाले विभिन्न स्थानमा आँखा शिविर सम्पन्न गरेको छ । 

पाँचखाल नगरपालिकाको खरेलथोक, साठ्ठिघर, आँपघारी, अनेकोट, समाजकल्याण, दुलालथोकमा आयोजना गरेको आँखा शिविरमा ७ सय ३६ जना लाभान्भित भएको पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिए । 

Hardik ivf

उनका अनुसार ७ सय ३६ जनाको आँखा परीक्षण गर्दा १ सय भन्दा बढिको मोतियाबिन्दुका विरामी भेटिएका थिए । मोतियाबिन्दु देखिएका १ सय जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा शल्यक्रिया गरिएको छ । 

पाँचखाल नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा माट्रिका आई सेन्टरको प्राविधिक सहयोग रहेको थियो । विरामीहरुको डा किश्वरराज वराल, डा लज्जा सिंह, डा.उर्सुला, कल्याण ढुंगाना लगायतले आँखाको शल्यक्रिया गरेका थिए भने दीक्षा पौडेल, आस्मा विक, प्रसंशा ढुंगाना र अंकिता मित्रले फिल्डमा गएर विरामीको मोतियाबिन्दुको परीक्षण गरेका थिए । 

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नगरलाई मोतियाबिन्दु मुक्त नगरपालिका बनाउने उदेश्यले आँखा शिविरको आयोजना गरिएको जानकारी दिए । हरेक बर्ष आँखा शिविर गरेर मोतियाबिन्दुका विरामीहरुको आँखाको शल्यक्रिया गरिने खरेलको भनाई छ । 

शिविरलाई माट्रिका आई सेन्टर, समाज सुधार युवा क्लब आँपघारी, स्थानीय जनप्रतिनिधिहरुले सहयोग गरेका थिए ।
 

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्