Kathmandu Press

अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडाैं, पुस २८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ ।

जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले भेटघाट गरेका हुन। भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो ।  भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानकोतर्फबाट सकारात्मक धारणा व्यक्त भएको जनाइएको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितकाबारेमा धरणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गरे। साथै आगामी दिनमा एकापसमा मिलेर अगाडि बढने विषयमा उनले चर्चा गरे।

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्