Kathmandu Press

स्रोत नखुलेको ७ लाख नगदसहित युवक पक्राउ 

स्रोत नखुलेको ७ लाख नगदसहित युवक पक्राउ 

काठमाडौं, पुस २८ : मोरङ प्रहरीले स्रोत नखुलेको सात लाख भन्दा बढी नगदसहित एक युवकलाई पक्राउ गरेको छ । 

जिल्लाको विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रवी प्रकाश साहलाई ७ लाख ९ हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Hardik ivf

शंकास्पद तरिकाले हिँड्दै गरेको साहमाथि शंका गरी प्रहरीले चेकजाँच गर्ने क्रममा उनीबाट नगद र विभिन्न बैंकको डिपोजिट भौचर बरामद गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार साहबाट विभिन्न बैंकमा ६२ लाख ११ हजार २३५ बराबरको रकम डिपोजिट गरिएको १० वटा भौचर, ६ लाख बराबरको दुई थान चेक, १४ थान एटीएम कार्ड, ९ थान चेक बुक र को २४ प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । 

यसबारेमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्