Kathmandu Press

राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

काठमाडौं, पुस २८ : अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन्। 

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

Hardik ivf

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीको उपस्थिति थियो। 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्