प्रेस युनियन सुदूरपश्चिम अध्यक्षमा स्वाँर सर्वसम्मत

काठमाडौं, पुस २८ : नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन् । विहीवार सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।
अधिवेशनबाट युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भए । यस्तै महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका छन् ।
खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी÷जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यक सदस्यमा धनबहादुर बोहरा र पदम भाट सर्वसम्मत भए ।
अधिवेशनले लेखा समितिमा कृतबहादुर विष्टको संयोजकत्वमा नवराज पनेरू र गगन अयडी सदस्य चयन गरेको छ ।












