Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन 

सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्।
सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन 

काठमाडौं, पुस २८ : सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभाका अनुसार सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको छ ।

सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्।

सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

प्रकाशित मिति: ०८:३४ बजे, बिहीबार, पुस २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्