यसपालिको माघी पर्वलाई थारु समूदायले आन्दोलनका रुपमा मनाउने

काठमाडौं, पुस २७ : थारु समूदायले यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ ।
थारु कल्याणकारिणी सभाको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजवन्दीहरुलाई सुनियोजित रुपमा झुटा मुद्धा लगाएको फसाइएको भन्दै यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने जनाएको हो ।
माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रममा बिविध थारु सांस्कृतिक प्रस्तुती, थारु खानपीन, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगाएतका प्रस्तुती हुने थारु कल्याणकारिणी सभाका सदस्य सचिव कानुलाल चौधरीले जानकारी दिए।
त्यसअघि बिहान थारु संस्कृति, भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेलाभई झाँकी र्याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।












