Kathmandu Press

गैँडाकोटका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख दिइने

गैँडाकोटका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख दिइने

नवलपरासी, पुस २७ : नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी  वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए। 

नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पु¥याउन निःस्वार्थ भावले काम गर्दै आएका नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीले बताए। ‘नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएमा त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ,’ नगरप्रमुख अधिकारीले भने, ‘उनीहरूलाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौँ।’

Hardik ivf

महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको पाँच हजारका दरले अधिकतम् रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए।  ‘स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइएमा वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भएमा यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुनेछैन,’ नगरप्रमुख अधिकारीले भने। त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई पनि रु एक लाख रकम उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए। 

गैँडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । चालु आर्थिक वर्ष २०७९र८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ भने एक जना महिला स्वास्थ्य स्वयंसेविका वडा सदस्यमा निर्वाचित भएकी छिन्।  

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्