Kathmandu Press

काठमाडाैं महानगरमा साइकल र ठेलागाढामा व्यापार गर्न नपाइने

काठमाडाैं महानगरमा साइकल र ठेलागाढामा व्यापार गर्न नपाइने

काठमाडाैं, पुस २६ : काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गरी ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख छ । महानगरले निषेध गरेको कार्य नगर्न सचेत गराउने, कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
ktm-notice-for-thelagada1673353918.jpg

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, पुस २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्